16.7k
Shares
एजेन्सी– रुसको सीमावर्ती सहर बेलगोरोडमा भएको गोलाबारीमा कम्तीमा दुई बालबालिकाको मृत्यु भएको छ।
क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार बताए अनुसार युक्रेनी सशस्त्र बलहरूले बेलगोरोडको केन्द्रमा गोलाबारी गरेका हुन्।
‘प्रारम्भिक जानकारी अनुसार दुई बालबालिकाको मृत्यु भएको छ र थुप्रै घाइते छन्। आक्रमणका क्रममा आवासीय बस्तीहरू पनि प्रभावित भएका छन्,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
रुसी रक्षा मन्त्रालयले यसअघि शुक्रबार राति रुसी वायु रक्षा प्रणालीले बेल्गोरोड क्षेत्रको क्षेत्रमा १३ वटा रकेट नष्ट गरेको बताएको थियो।