क्रिकेटर सन्दीप लामिछानेलाई ७ देखि १० वर्षसम्म हुन सक्छ कैद सजाय

16.4k Shares

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय पुस २५ गते तोकिने भएको छ ।

आज जिल्ला अदालत काठमाडौंले सहमतिमा करणी भएको नदेखिएकाले सन्दीपले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१, २ र ३) (ङ) बमोजिम कसुर गरेको ठहर गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) 'ङ' मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई सहमतिबिना करण गरी ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

सम्बन्धित समाचार