बालकुमारी क्षेत्र तनाव, मन्त्री प्रकाश ज्वालाकाे गाडी जलाइयो

21.8k Shares

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस)मार्फत कोरिया जान नपाउने भएका युवाहरुले शुक्रबार मध्याह्न कोटेश्वर–बालकुमारी–सातदोबाटो सडक कब्जा गरी उग्र प्रदर्शन गरेका छन्। 

ललितपुरको ग्वार्कोमा एउटा गाडीमा आगजनी भएको छ। मन्त्रीले प्रयोग गर्ने नम्बरप्लेट भएको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको हो। जलाइएको गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भएको बुझिएको छ। 

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए ।

प्रदर्शनका क्रममा उनीहरुले सडकमा डुङ्गामुढा गर्नुका साथै गाडीमा समेत आगजनी र तोडफोड गरेका हुन्। उक्त क्षेत्र अहिले तनावग्रस्त बनेको छ। 

सम्बन्धित समाचार