विवाद समाधानको लागि नेकपामा ६ सदस्यीय कार्यदल गठन

18.2k Shares

काठमाडौं, ३० साउन । सत्तारुढ दल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको विवाद समाधानका लागि सुझाव पेश गर्न ६ सदस्यीय कार्यदल गठन गरेका छन् । आज ९शुक्रबार० विहान भएको अध्यक्षद्धय ओली र दाहालबीचको भेटवार्तामा महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको हो ।
दाहालनिकट एक नेताको जानकारीअनुसार नवगठित कार्यदलमा ओलीको तर्फबाट महासचिव पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल छन् । दाहालको तर्फबाट स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र पम्फा भुषाल छन् । र, बरिष्ठ नेता माधव कुमार नेपालको तर्फबाट स्थायी कमिटी सदस्यहरु डा। भीम रावल र सुरेन्द्र पाण्डे छन् ।

सम्बन्धित समाचार