अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द रहने

16.2k Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको छ । मंगलबार प्राधिकरणले आगामी जेठ १७ को मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो ।
एयर बबल सम्झौताअनुसार नेपाल र भारतबीचमा सातामा दुई उडान भने कायम रहनेछ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् ।

यसअघि सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार