21.5k
Shares
काठमाडौँ ।रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘वरिष्ठ बलराम’को छायांकन चैत्रबाट सुरु हुने भएको छ । फिल्मका निर्माता रोहित अधिकारीले चैत्रबाट छायांकन सुरु हुने बताएका छन । फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन रहने छ ।
निमार्ता रोहित अधिकारीको अनुसार फिल्ममा खगेन्द्र लामिछानेको जोडीको रुपमा दिव्या रायमाझीले काम गर्दैछिन् । दिव्या यो फिल्मका लागि नेपालमा आउँदैछिन् ।
दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले यही फिल्मबाट डेब्यू गर्न लागेकी छिन् । फिल्ममा नायक दयाहाङ राइ र माओत्से गुरुङ को पनि मुख्य भूमिका रहेको छ भने अन्य कलाकार छनोट गर्ने काम भईरहेको निर्माता अधिकारीले भने । फिल्मलाई आउँदो बर्षको तीजमा रिलिज गर्ने बताइएको छ ।