सल्यानमा गाडी दुर्घटना, १२ जना घाइते

22k Shares

दाङ, ४ भदौ । रुकुमबाट आउँदै गरेको गाडी सल्यानमा दुर्घटनामा हुँदा १२ जना घाइते भएका छन्। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

 

सोमबार दिउँसो रुकुमबाट नेपालगंज जाँदै गरेको लु २ ख ५७३१ नम्बरको गाडी राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट नजिकै दुर्घटनामा परेको थियो।

 

सल्यानका प्रहरी प्रमुख डिएसपी दामोदर केसीले घाइतेलाई उपचारका लागि दाङस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको बताए।

 

गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार