काठमाडौं- एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले हरेक वर्ष प्रदान गर्दै आएको ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार’ यस वर्ष डा. अरुण शाहीले प्राप्त गरेका छन्।पर्वतको पैंयु गाउँपालिकास्थित हुवासमा आज आयोजित विशेष समारोहमा गत वर्षका विजेता डा. शेरबहादुर पुनले मेडिकल अंकोलोजिष्ट डा. शाहीलाई सो पुरस्कार प्रदान गरेका हुन् ।
उक्त पुरस्कारको राशी ५१ हजार रुपैयाँ र ताम्र पत्र रहेको छ।एनआरएनएले डा.शाहीले मानिसलाई क्यान्सबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय-अन्तर्राष्ट्रिय सेमिनारमार्फत् तथ्यगत तथा प्रामाणिक सूचना एवम् जानकारीहरू प्रवाह गर्ने कार्यमा देखाएको सक्रियताका कारण उनलाई सम्मान गरेको जनाएको छ।
पुरस्कार वितरण समारोहलाई एसोसिएशनको नेपालस्थित साझेदार संस्था देउराली फाउण्डेशनले व्यवस्थापन गरेको हो। फाउण्डेशनका अध्यक्ष भीम घिमिरे, बुद्धि विश्वकर्मालगायतका प्रतिनिधिहरूले पुरस्कार वितरणका लागि सहजीकरण गरेका थिए।