खानेपानी संस्थानले माग्यो ६१ जना कर्मचारी (सूचनासहित)

18.8k Shares

काठमाडौं– नेपाल खानेपानी संस्थानले विभिन्न पदमा गरी ६१ जना कर्मचारी माग गरेको छ। करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी संस्थानले दरखास्ता आह्वान गरेको छ। 

संस्थानले जुनियर प्लम्बर ९ जना, असिस्टेन्ट पम्प अपरेटर ४ जना, प्लान्ट एटेन्डेन्ट १ जना र ल्याब ब्वाइ ३ जना मागेको छ। 

यस्तै, लाइट ड्राइभर ५ जना, हेल्पर १६ जना र कार्यालय सहयोगी २३ जनाका लागि दरखास्त आह्वान गरिएको छ। 

माग भएको पदमध्ये जुनियर प्लम्बर, असिस्टेन्ट पम्प अपरेटर, प्लान्ट एटेन्डेन्ट र ल्याब ब्वाइका लागि ८ कक्षा पास भएको शैक्षिक योग्यता र कम्तीमा ३ महिनाको तालिम लिएको वा साधारण लेखपढ गर्न जान्ने भइ सम्बन्धित काममा ३ वर्षको अनुभव प्राप्त हुनुपर्ने संस्थानले जनाएको छ। 

यस्तै, लाइट ड्राइभरका लागि नेपाली भाषा लेखपढ गर्न जान्ने भइ हलुका सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको हुनुपर्नेछ।

Khanipani_Sansthan_vacancy-1703039701.jpg

सम्बन्धित समाचार