सरकारले बिप्लब समूहलाई प्रतिबन्ध फुकुवा गर्दै

16.3k Shares

काठमाडौं । सरकारले राजनीतिक प्रतिबन्ध लगाएको भूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध फुकुवा गरी मूलधारको राजनीतिमा ल्याउन आज सरकारले वार्ताको लागि निर्णय गर्ने भएको छ ।
आज ३ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठकले बिप्लम समूलाई प्रतिबन्ध फुकुवा गरी मूलधारको राजनीतिमा ल्याई चुनाव राजनीतिमा सहभागिता गराउन वार्ता टोली नै गठन गर्ने भएको छ । 
दुई वर्षअगाडि सरकारले राजनीतिक प्रतिबन्ध लगाएको बिप्लव समूहका हाल जेलमा रहेका नेताहरुलाई जेलमुक्त गरी सरकारले वार्ताको लागि सकारात्मक रुपमा प्रस्तुत भएको छ । हिजो सरकारी पक्षबाट प्रदीप ज्ञवाली र नेत्रविक्रम चन्दको तर्फबाट चिरन पुनबीच औपचारिक वार्ता भई पत्रसमेत आदान प्रदान भएको स्रोतको दावी छ । 
जसरी भए पनि विप्लव समूहलाई मूलधारमा ल्याउन सरकार हदैसममको लचिलो बन्ने बुझिएको छ । यसबाट सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले विप्लव समूहलाई आफ्नो साथमा लिई सरकारमा सामेल गराई दाहाल—नेपाल पक्षलाई देखाउने ओली स्रोतले दावी गरेको छ । प्रम ओलीले एक सार्वजनिक कार्यक्रममै मन्तव्यको क्रममा विप्लव समूहसँग वार्ता गर्ने कुरा पत्तो पाएपछि विपक्षीहरु यतिबेला तिल्मिलाएको बताएका थिए । 
आजै जघन्य अपराध बाहेकका राजनीतिक मुद्दामा हिरासतमा रहेका विप्लव समूहका शिर्ष नेताहरुलाई सरकारले जेल मुक्त गर्ने र अन्य कार्यकर्ताहरुलाई क्रमिकरुपमा जेलबाट छुटकारा गराउँदै जाने विप्लव समूहसँग सहमतिसमेत भइसकेको बुझिएको छ । 
 

सम्बन्धित समाचार