छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

14.3k Shares

मन्थली– आफ्नै विद्यालयमा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा रामेछाप प्रहरीले १ जना शिक्षकलाई पक्राउ गरेको छ। लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन्। 

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले जानकारी दिए। 

पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाही गरिपाउँ भन्दै जाहेरी दिएपछि शिक्षक सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डीएसपी पराजुलीले बताए। 

सम्बन्धित समाचार