17.3k
Shares
काठमाडौँ - तारागाउँ रिजेन्सी होटल लिमिटेडले साधारण सभा बोलाएको छ। होटेलले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश पारित गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ।
होटलले पुष २४ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा २७ औँ साधारण सभा बोलाएको छ । सूचानाको अनुसार सभा बिहान ११ बजे हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस सेयर गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि रहेका छन्।