नक्कली भुटानी प्रकरण: सर्वोच्च पुग्न थाले थुनामा परेका अभियुक्तहरु

16.4k Shares

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पनि थुनामा पठाउने निर्णय सदर गरेपछि न्यायिक हिरासतमा रहेका अभियुक्तहरु त्यसविरुद्ध सर्वोच्च अदालत पुग्न थालेका छन्। 

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश सदर गर्दै अभियुक्तमध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामै पठाएको थियो। 

त्यसविरुद्ध पूर्व सांसद एवम् नेपाली कांग्रेसका नेता आङटावा शेर्पाले सर्वोच्चमा वेरितको निवेदन दिएका छन्। उनले जिल्ला अदालत काठमाडौ र उक्त आदेश सदर गर्ने उच्च अदालतको आदेश त्रुटिपूर्ण भएको दाबी गरेका छन्। 

उच्च अदालतले सोही प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख धरौटी मागेपछि उनी शुक्रबार रिहा भएका छन्। सुरुमा दुई न्यायाधीशको राय–बाझी भएपछि एक न्यायाधीशको इजलासले खाणलाई ३० लाख धरौटी माग गर्ने आदेश गरेको थियो। 

शेर्पाले पुस १ गते उच्च अदालत पाटनको आदेश बदर माग गर्दै निवेदन दिएका हुन्। उक्त निवेदनमा सोमबारलाई पेसी पनि तोकिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त निवेदन पेसीमा रहेको छ। 

सम्बन्धित समाचार