आज सोमबारको विदेशी मुद्राको विनिमय दर

19.7k Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (२ पुस २०८०, सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। 

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। 

सोमबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ११ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ०३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ छ भने बिक्री दर १६८ रुपैयाँ ७६ पैसा छ। 

अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ १४ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ४७ पैसा छ। 

सम्बन्धित समाचार