थमन विकको हत्या प्रकरणमा लोसपाका प्रदेश सांसद शर्मालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय

16.3k Shares

काठमाडौं– सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले लोसपाका प्रदेश सभा सांसद अभिराम शर्मालाई दोषी ठहर गरेको छ। मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा बिहीबार महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको हो ।

जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनीसहित सात जनालाई जन्मकैद सजाय सुनाएको हो। यही मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् । विकको हत्या भएपछि कोइरी लगायतलाई प्रतिवादी बनाई महोत्तरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो । कुल २८ जनालाई प्रतिवादी बनाइएकामा ७ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । 

न्यायाधीश भट्टराईको इजलासले प्रदेश सांसद शर्मासहित प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको हो।

सम्बन्धित समाचार