महाराजगंज प्रहरीभित्र छाडापन बढेको हो कि ? डीएसपीले कमाण्ड गर्न नसकेको हो ?

16.5k Shares

प्रहरीकै संरक्षणमा टोखा क्षेत्रमा जुवा संचालन

काठमाडौं  । नेपाल प्रहरी भित्र कति अनुशासनहीनता मौलाएको छ भन्ने कुराको दृष्टान्त खोज्न टाढा जानुपर्देन । काठमाडौ उपत्यका प्रहरी कार्यालय मातहतको प्रहरी वृत्त महाराजगंज पुगे हुन्छ । वृत्तको प्रमुख रहेका डिएसपी अमर बहादुर थापाले कमान्ड गर्न नसकेका हुन कि प्रहरी भित्र छाडापन बढेको हो भन्ने प्रश्न अहिले गम्भीर रूपमा उठेको छ । केही दिन अघि घटेका दुईवटा घटनाले यो कुरालाई पुष्टि गर्दछ ।

केही दिनअघि वृत्तका हवल्दार मेजर नरेन्द्र जेठारा र कर्मचारी प्रशासन शाखामा कार्यरत करण ठगुन्ना प्रहरी वृत्तभित्र नै मदिरा सेवन गरिरहेका थिए  । अधिक मदिरा सेवन गरेपछि उनीहरूले धेरै हो, हल्ला गर्न थालेपछि यो कुरा डिएसपी अमर बहादुर थापा सम्म पुग्यो । कार्यालय भित्र नै मदिरा सेवन गरेर हो, हल्ला गरेपछि डिएसपी थापाले उनीहरूलाई क्वाटरगार्डमा थुन्ने आदेश दिए । प्रहरी आचरण र नीति विपरीत कार्यालय भित्र मदिरा सेवन गरेर हो, हल्ला मात्रै होइन धेरै अपशब्दहरू बोलेको थाहा पाएपछि डिएसपी थापाले उनीहरूलाई थुन्नु भन्दा अर्को बिकल्प पनि थिएन । उनले  थुन्ने आदेश दिए । आफुहरूलाई थुन्ने आदेश दिएको थाहा पाएपछि हवल्दार मेजर समेत रहेका नरेन्द्र जेठाराले अन्य प्रहरीका अगाडि भनेछन् कि, यदि मलाई थुन्यो भने म भानु देउवालाई भनेर डिएसपीकै सरूवा गरिदिन्छु । त्यो सुनेपछि डिएसपी थापा झनै रिसाउनु स्वाभाविकै थियो । उनले मापसे गर्ने दुवै प्रहरीलाई थुन्न आदेश दिए ।

एक रात क्वाटर गार्डमा थुनिएपछि भोलिपल्ट स्पष्टीकरण सोधेर डिएसपी थापाले नसियत पनि दिए र हवल्दार नरेन्द्रलाई मातहतको तिलिङेटार स्थित प्रहरी प्रभागमा खटाई दिए । त्यसको केही दिनपछि भएको हवल्दारको सरूवामा नरेन्द्रको सरूवा बालाजु वृत्तमा भएको छ । अर्का करण ठगुन्नालाई भने उनको कुनै दोष नदेखिएको भन्दै कुनै कारबाही भएन ।

यसबाहेक करिब डेढ महिना अघि पनि अर्को घटना घटेको छ । बसुन्धारा स्थित सिआरभीमा कार्यरत ड्राइभर हवल्दार प्रदिप भण्डारीले डियुटीको समयमा नै युनिफर्म लगाएको अवस्थामा बसुन्धारामा मदिरा सेवन गरे । त्यो दृश्य सर्वसाधारणले देखेपछि डिएसपी अमर बहादुर थापालाई जानकारी गराएपछि उनी स्वयं बसुन्धारा आएर मापसे गर्ने ड्राइभर भण्डारीलाई आफ्नो गाडीमा हालेर लगि एक रात क्वाटर गार्डमा थुनेका थिए ।

यस्ता घटनाले प्रहरी भित्र अनुशासनहीनता बढेको पुष्टि हुन्छ । डिएसपी थापाले घुमुवा भएर धेरै बिबादमा तानिएका सई राजन ढुङ्गानालाई फेरि अतिरिक्त कमाई हुने टोखा भुतपुल स्थित प्रभागमा पठाएका छन् । कहिले अतिरिक्त कमाई हुने तिलिङेटार प्रहरी प्रभाग त कहिले घुमुवा भएर बिबादमा तानिएका ढुङ्गानालाई फेरि अर्को मालदार प्रभाग टोखा पठाएको छ । टोखामा प्रहरी संरक्षणमा नै खरानी भन्ने राज कुमार अधिकारीले दैनिक ठूलो जूवा अखडा संचालन गरिरहेका छन् । झण्डै आधा दर्जन पटक जूवा खेलाए बापत पक्राउ परिसकेका खरानी भन्ने राजकुमार अधिकारी अहिले महाराजगन्ज प्रहरी वृत्तका घुमुवा र टोखा प्रहरीको संरक्षणमा टोखामा जुवा संचालन गरिरहेका छन् ।

सम्बन्धित समाचार