चरेश सप्लाईमा भारतीय नागरिक सन्तोष गूप्ता संलग्नता रहेको खुलासा

21.5k Shares

भैरहवा । भारतमा ठूलो मात्रामा पक्राउ परेको चरेसको कारोवारमा भारतीय नागरिक सन्तोष गुप्ताको संलग्नता रहेको खुलेको छ । भारतको ठुटिबारी घर भएका सन्तोष गुप्ता धेरै पहिलेदेखि लागूऔषध चरेशको कारोवारमा संलग्न रहेको तथ्य भारतीय प्रहरीले नै उजागर गरेको छ । भारतीय प्रहरीले चरेस बरामद गरेपछि असली मालिकको खोजबिन गर्ने क्रममा चरेस सहित पक्राउ परेका व्यक्तिले गुप्ताको नाम पोलेको समेत खुलेको छ । ठुटिबारी भारत घर भएका सन्तोष गुप्ता धेरै बर्ष अघिदेखि नेपालबाट कवाडी सामान भारतमा पठाउने कार्यमा संलग्न हुदै आएका थिए । कवाडीको सामान उनले डब्बामा राखेर उनले भारत पुर्याउंदै आएका थिए ।

कहिले रूपन्देहीको मौनीहवाबाट त कहिले पश्चिम नवलपरासीको हरकपुराबाट कवाडीको नाममा चरेस तस्करी धन्दा उनले गर्दै आएको समेत खुलेको छ । भारतीय प्रहरीले कवाडी सामान भनेर सामान्य चेकजाँच गरि छोड्ने गर्दै आएकोमा यसभन्दा पहिले पनि एकपटक चरेश समातिय पछि गुप्ताको कवाडी व्यापारमा निगरानी बढाएको थियो । फलस्वरूप ठूलो मात्रामा भारतीय प्रहरीले चरेस बरामद गर्न सफल भयो । चरेस बरामद गरेपछि भारतीय प्रहरीले व्यापक खोजबिन शुरू गरेपछि सन्तोष गुप्ता नेपाल आएर नवलपरासीमा लुकेको बताइएको छ । भारतीय प्रहरीले गुप्ता नवलपरासीमा लुकेको आंफुहरूले सूचना पाएको समेत बताएका छन् । पछिल्लो समय नवलपरासीको हरपुरा नाकाबाट उनले कवाडीको  काम गर्दै आएका थिए । हरपुरा भन्ने स्थान भुजहवा र पांचपेडाको बीचमा पर्छ । कवाडी सामानमा चरेस लुकाएर लैजाने धन्दा गुप्ताले बर्षाैं देखि गर्दै आएको समेत उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । गुप्ताको हरकपुरामा कवाडीको गोदाम समेत रहेको छ । यही कवाडीको गोदाममा कवाडी लैजाने  डिब्बामा फल्सबटम बनाएर  चरेसको  तस्करी धन्दा गुप्ताले गर्दैन आएका थिए । भारतीय नागरिक सन्तोष गुप्ताको यो काममा

नेपाली नागरिक अनिल गुप्ता पनि साझेदार रहेको खुलेको छ । कवाडीमा साझेदार भए पनि चरेस तस्करीमा उनी छन छैनन् भन्ने कुरा खुलेको छैन तर चरेससहित पक्राउ परेका व्यक्तिले भने अनिल गुप्ताको नाम लिएको समेत जानकारी दिएको छ ।  सन्तोषका साझेदार अनिल नवलपरासीको भक्सीपुरका बासिन्दा हुन । भारतीय नागरिक सन्तोष ले चरेस कारोबार गरेवापत नेपाल प्रहरीको स्थानीय चौकीका सई ÷ असइलाई ४० हजार , जिल्लाका घुमुवालाई ४० हजार र सशस्त्र प्रहरीलाई १ लाखको दरले मासिक  रकम दिएर चरेस तस्करीको सेटिङ मिलाएको आंफुले थाहा पाएको भारतीय प्रहरीलाई अनुसन्धानको क्रममा बताएको समेत भारतीय प्रहरीले उजागर गरेको छ ।

भारतीय प्रहरीले नेपालको नाकाबाट तस्करी भएको लागूऔषध चरेससहित चार जनालाई पक्राउ गरेको छ । रुपन्देहीको मैनिहवा नाकाबाट ठूलो परिमाणमा तस्करी भएको चरेस भारतीय प्रहरीले बरामद गरेको हो ।भारतीय प्रहरीको नारोक्टिस सेलसहितको टोलीले रुपन्देही मैनिहवा (भगवानपुर) नाकाबाट तस्करी भएको ८५ किलो चरेस सोनौली क्षेत्रको पिपहरियाबाट बरामद गरेको हो । बरामद चरेस ७८ करोड ४० लाख बजार मूल्य बराबरको रहेको भारतीय प्रहरीको दाबी छ । चरेससहित पक्राउ पर्नेमा भारतीय नागरिकहरु संजय यादव, सन्तोष पासवान, दीपक मिश्रा र रामअवतार यादव छन् । उनीहरूलाई युपी ५६ एयु ४५०१ नम्बरको गाडीसहित पक्राउ गरिएको भारतीय प्रहरीले उजागर गरेकोछ । गोरखपुर नारोक्टिस सेलका डेपुटी एसपी अनुज कुमार सिंहले नेपालबाट तस्कर भएर आएको चरेससहित चार जनालाई पक्राउ गरिएको बताए । यादवसहितका तस्करहरूले रुपन्देहीको मैनिहवा नाकाबाट प्रहरीकै मिलोमतोमा कवाडको तस्करी गरेको बताइएको छ । तस्करहरूले कवाडको आडमा लागूऔषध चरेसको तस्करी सुरु गरेको भारतीय प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय धकधकई, प्रहरी चौकी मैनिहवा, सशस्त्र प्रहरी पजरकट्टी, सशस्त्र प्रहरी बल डण्डा, सशस्त्र प्रहरी बल २७ नम्बर गणलगायतलाई मोटो रकम दिएर धकधकई क्षेत्रको मैनिहवा नाकाबाट कवाड तस्करको नाममा लागूऔषध चरेस तस्कर भइरहेको भारतीय प्रहरीको दाबी छ । केही दिनअघि पनि भारतीय प्रहरीले ८८ किलो चरेस बरामद गरेको थियो । रुपन्देहीकै सोही नाकाबाट तस्करी भएको चरेससहित तीन जना भरीयाहरु पक्राउ परेका थिए । भारतीय प्रहरीले गोप्य सूचनाको आधारमा केही दिनअघि चरेससहित उक्त कवाड तस्करहरूलाई भारतमा पक्राउ गर्दा घटना बाहिर आएको हो । तस्करहरुले नेपालबाट भारतमा ट्रक र ट्याक्टरमार्फत् कवाडको तस्करी गर्दै आएका छन् ।केही दिनको अन्तरमा भारतीय प्रहरीले रुपन्देही नाकाबाट तस्करी भएको एक क्विन्टल साढे ७३ किलो चरेस सीमावर्ती क्षेत्रबाट बरामद गरेको जनाएको छ । पक्राउ परेका यी तस्करहरूको गोदाम भारतीय सीमा नजिकै छ । जसकारण तस्करहरूलाई सीमाबाट तस्करी हुने सहज भएको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि रुपन्देहीको मैनिहवा नाकामा रहेको कवाड गोदाम डोजर लगाएर भत्काइएको छ । उक्त नाकाबाट ठूलो परिमाणमा लागूऔषध तस्करी भएपछि सीमा क्षेत्रमा रहेको गोदाम भत्काइएको हो । उक्त गोदामका कवाड तस्करहरूले प्रहरीको मिलोमतोमा नाकाबाट लागूऔषध चरेस भारत पुर्याएको खुलेपछि प्रशासनको निर्देशनमा शनिबार डोजर लगाएर कवाड गोदाम भत्काइएको हो । रुपन्देहीका सिडिओ गणेश अर्यालले प्रशासनको निर्देशनपछि आज ए.एस.पी. स्क्रेप सप्लायर्स लेखिएको कवाड गोदाम डोजर लगाएर भत्काइएको जानकारी दिए । उनले भने, ‘बोर्डर नजिकका कवाड गोदामहरुबाट आपराधिक गतिविधि हुने भएकाले भत्काउन निर्देशन दिएको हुँ ।’

सम्बन्धित समाचार