टिकटक प्रतिबन्ध विरुद्धको मुद्दा वैशाख २७ गते सर्यो

18.4k Shares

काठमाडौं– ‘सर्ट टर्म भिडियो होस्टिङ’ सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णविरुद्ध दायर रिट निवेदनमाथि यो वर्ष सुनुवाइ नहुने भएको छ। 

वुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी रहेको मुद्दा हेर्न नभ्याउने हुँदै सरेपछि सुनुवाइको पालो अर्को वर्ष, २०८१ का लागि सरेको हो। सर्वोच्च अदालतले पछिल्लो समय अटोमेशनबाट मुद्दाहरुको पेसी तोक्दै आएको छ। उक्त प्रविधिअनुसार खाली रहेको समयमा सफ्टवेयरले आफैं पेसी तोक्ने गर्दछ। टिकटक प्रतिबन्धविरुद्धको मुद्दामा सुनुवाइका लागि आगामी वर्षकोको वैशाख २७ गतेलाई पेसी तोकिएको छ। 

टिकटकमाथि प्रतिबन्धन सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले मंसिर ५ गते कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सरकारसँग लिखित जवाफ माग गरेको थियो। सरकारका तर्फबाट लिखित जवाफ पेस भइसकेको छ। तर पछिल्लोपटक उक्त मुद्दामा पेसी तोकिने, तर सुनुवाइको पालो नआउने हुँदै आएको थियो। 

सम्बन्धित समाचार