तमू युवा ह्युल छोंज धींः पहिचानको माग, तमू संघसंस्थालाई एक बनाउने उद्घोष

14.2k Shares

काठमाडौं- तमू युवा ह्युल छोंज धीं को दोस्रो अधिवेशनले जारी गरेको घोषणापत्र सार्वजनिक गरिएको छ। दोस्रो अधिवेशन इलाममा मंसिर २२ देखि २४ गतेसम्म भएको थियो।अधिवेशनबाट १५ बुँदे घोषणापत्र जारी भएको छ। बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरिएको हो।पहिचानको आधारमा स्वयत्त प्रदेश गठन नगर्दासम्म निरन्तर संघर्ष गर्ने उद्घोष घोषणापत्रमार्फत गरिएको छ।

‘तमु भाषामा प्रचलित सबै गाउँ, स्थान, नदी, खोला,ताल तलैयाहरु जो अहिले खसकरण हुदैं लोप गरिएका नामहरु हरेक प्रशासनिक इकाइमा पुन तमु भाषामै नामकरण गरि तुरुन्त लागु नगर्दासम्म दबाब मूलक संघर्षका कार्यक्रमहरु सञ्चान गर्ने संकल्प गरिएको छ’, नवनिर्वाचित अध्यक्ष तोरण गुरुङले बताए।तमु मातृ भाषा पाठ्यक्र र सरकारी कामकाजको भाषामा तमु भाषा लागू गर्नुपर्ने माग गरिएको छ। देशको रक्षार्थ अंग्रेज पौजलाई परास्त गर्न भूमिका खेल्ने सरदार बंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने गुरुङले उल्लेख गरे।

घोषणापत्रमा तमुहरूको पहिचानको माग गर्दै तमुहरूको सबै संस्थालाई एकताको शूत्रमा बाँध्ने जनाइएको छ।अविधेशनले कास्कीका तोरण गुरुङको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। महासचिवमा तनहुँका मनराज गुरुङ चयन भएका छन्। ७ पदाधिकारीसहित २९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएका हुन्।

सम्बन्धित समाचार