15.1k
Shares
काठमाडौं- पद्मप्रसाद पाण्डे संघीय संसदको कार्यवाहक महासचिवमा नियुक्त भएका छन्। उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नियुक्त गरेका हुन्।सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ काे नियम २ काे खण्ड (ढ) तथा राष्ट्रियसभा नियमावली २०७९ काे खण्ड (ड) बमाेजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे परामर्शमा पाण्डेलाई संसदकाे कार्यवाहक महासचिव ताेकिएकाे हाे।
सभामुख र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन्।
