काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर र उपमेयरका समर्थकबीच मंगलबार झडप भएको छ। महानगरपालिकाको कार्यालय परिसरमै मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबीच कुटाकुट भएको हो।एउटै कोठामा पञ्जीकरण शाखा राख्ने कि उपमेयरको सचिवालयको लागि प्रयोग भन्ने विषयमा दुई पक्षबीच विवाद भएको थियो। केही समयअघि मात्रै मेयर बस्ने कोठा परिवर्तन भएर त्यहाँ प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठा बनाइएको थियो।
प्रमुख प्रशासकीय अधिकृतको कोठा खाली भएपछि त्यहाँ पञ्जीकरण शाखा राख्ने कि उपमेयरले सचिवालय राख्ने भन्ने विषयमा विवाद भएको थियो। सोही क्रममा मेयर र उपमेयरका समर्थकबीच झडप भएको हो।विवाद बढ्दै जाँदा पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो। प्रहरी पुगेपछि अवस्था समान्य भएको थापाले बताए।अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।