ससद् सेवा दिवसका अवसरमा रक्तदान

20k Shares

काठमाडौं- सत्रौं संसद् सेवा दिवसका अवसरमा साेमबार सिंहदरबारस्थित संघीय संसद् सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ५० औं पटक रक्तदान गर्ने सचिवालयका उपसचिव सञ्जय दाहाललाई रगत संकलन गर्ने झोला हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे।

संघीय संसद् सेवा दिवस मूल समारोह समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाइँदै आइएको छ। विसं २०५९ मङ्सिर २८ गते निजामती सेवाबाट संसद् सेवालाई अलग्गै विशेष सेवाका रूपमा छुट्याइएपछि यो दिवस मनाउन थालिएको हो।दिवसका अवसरमा सचिवालयले विभिन्न कार्यक्रम आयोजना गरेको छ। संसद् सचिवालयअन्तर्गत करिब तीन सय कर्मचारी छन्। दिवसका दिन उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम छ।

सम्बन्धित समाचार