पाकिस्तान विरुद्ध नेपालको खराब ब्याटिङ ५० रन नजोड्दै आधा खेलाडी आउट

15.6k Shares

काठमाडौं- नेपालले एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा खराब प्रदर्शन गरेको छ। पाकिस्तान सँग टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० रन नजोड्दै आधा खेलाडी गुमाएको छ।

दुबई स्थित आइसिसी एकेडेमी ओभल-२ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ रन बनाउँदा ५ खेलाडी गुमायो। नेपालका लागि ओपनर अर्जुन कुमालले २१ रन बनाउनु एकमात्र दोहोरो स्कोरका रुपमा रहेको छ। उनी बाहेक कुनैपनि खेलाडीले दोहोरो स्कोर छुन सकेनन्।

कप्तान देव खनाल १३ बल खेलेर शुन्य रनमा आउट हुँदा तिलक भण्डारीले ९ बलमा ७ रन बनाए। त्यस्तै आकाश त्रिपाठी २२ बल खेल्दै ६ रनमा आउट हुँदा गुल्सन झा  ४ बल खेलेर १ रनको अवस्थामा आउट भए।

सम्बन्धित समाचार