दुई दिनभित्र अक्सिजन सिलिण्डरको संख्या निर्धारण गर्दै सरकार

18.5k Shares

काठमाडौं । सरकारले अस्पतालहरुलाई आवश्यक अक्सिजन सिलिण्डरको संख्या र मापदण्ड निर्धारण गर्ने भएको छ । आवश्यक अक्सिजन सिलिण्डरको संख्याको आधारमा अक्सिजन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने छ ।
अस्पतालहरुलाई आवश्यक अक्सिजन सिलिण्डरको संख्या र मापदण्ड निर्धारण गर्ने काम भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने छ । यसका लागि सरकारले स्वास्थ्य मन्त्रालयलाई दुईदिनको समय दिएको छ ।
अक्सिजन अभावमा कोरोना संक्रमितहरुले ज्यान गुमाइरहेको समाचारहरु आउन थालेपछि सरकारले सम्बन्धित मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।
अस्पतालहरुको विद्यमान क्षमता, विरामीको संख्या, आवश्यक उपचारको प्रकृति, आईसीयू शैया र भौगोलिक सन्तुलनका आधारमा मापदण्ड बनाएर अस्पतालहरुलाई आवश्यक पर्ने अक्सिजन सिलिण्डरको संख्या निर्धारण गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको संख्याका आधारमा अक्सिजन आपूर्ति गर्न भनिएको छ ।

सम्बन्धित समाचार