रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनलाई निष्प्रभावी बनायो

14.9k Shares

काठमाडौँ । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । "हवाई ड्रोनहरूद्वारा आतङ्कवादी हमला गर्ने कीभ शासनको प्रयास हिजो राति  विफल पारियो," रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।मन्त्रालयले २२ युक्रेनी ड्रोनहरू ध्वस्त पारिएको र अन्य १३ वटा ड्रोनलाइ समुद्रमा रोकिएको बताएको छ ।

सम्बन्धित समाचार