मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दोः ओली

16.8k Shares

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताएका छन्। महाकाली—मेची यात्राका क्रममा आइतबार अछामको विनायकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।उनले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताए। उनले आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको बताए।उनले अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको बताए।

उनले भने, ‘२०७९ साल जेठ १७ गते विनोद शाहीजस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु। आफूजस्तै मान्छेलाई मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो। यो कुरा हामीमाथि पनि र संसदमा पनि भनिरहेका छौँ। सरकारमा हुँदा पनि यस्ता कुरालाई हतोत्साही गरेका छौँ।’अध्यक्ष ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद शाहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद प्रकट गर्दै शहीद घोषणा गरे।

सम्बन्धित समाचार