आज ७६ सय ६० जनामा संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

19.3k Shares

काठमाडौं, २१ बैशाख । आज नेपालमा कोरोना भाइरसका ७६ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट आज थप ५५ जनाको मृत्यु भएको छ ।


मंगलबार १७ सय ७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ८७ हजार ७ सय ९० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचार