हामी फेरि रैती हुन सक्दैनौँ - ओली

17.6k Shares

बैतडी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौजुदा व्यवस्था (गणतन्त्र)को विरोध गर्ने दुस्साहसीहरु देखा परेको टिप्पणी गरेका छन्। पार्टीले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको उद्‌घाटनका लागि बैतडी पुगेका ओलीले जनता फेरि रैती नहुने टिप्पणी गरे।    

‘उहिले राजतन्त्र थियो। त्यो राजतन्त्रको अहिले सालिक बनाएर तमसा गर्ने असंवैधानिक काम भइरहेको छ। गणतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको छ। लोकतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको छ,’ ओलीले भने, ‘तसर्थ, म भन्न चाहान्छु। हामी पछाडि फर्किन सक्दैनौँ। फेरि हामी रैती हुन सक्दैनौँ।’ 

अध्यक्ष ओलीले आफ्नो पार्टीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई वास्तविकतामा परिणत गर्ने दाबी गरे। ‘समृद्ध नेपाल, सुखी नेपाली बनाउने काममा एमालेले कुनै कसर बाँकी राख्दैन। संकल्प यात्राले पहिलो प्राथमिकता राख्छ,’ ओलीले भने। 

सम्बन्धित समाचार