एकीकृत समाजवादीका बैतडी अध्यक्षसहित नेता कार्यकर्ता एमाले प्रवेश

14.3k Shares

बैतडी– नेकपा एकीकृत समाजवादीका बैतडी अध्यक्षसहित नेता, कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन्।  एमाले प्रवेश गर्नेमा नेपाली कांग्रेसले कारबाही गरेका नेतारकार्यकर्ता पनि छन्।  

नेकपा एकीकृत समाजवादीका बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, प्रदेश सभाका उम्मेवार समेत रहेका समाजवादीका केन्द्रीय सदस्य एवं दार्चुला इञ्चार्ज नरेन्द्र बिष्ट, बैतडी अस्पताल विकास समितिका अध्यक्ष पार्वती भट्ट, जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष तथा समाजवादीका नेता चमनकुमार भण्डारी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज नरेन्द्र भट्ट एमालेमा फर्किएका छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष रहिसकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन्। गत स्थानीय तहको निर्वाचनमा पार्टीका सम्मेदवारलाई असहयोग गरेको भन्दै उनीहरुलाई कांग्रेसलाई कारबाही गरेको थियो। एकीकृत समाजवादी बैतडीका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्किएका छन्।

सम्बन्धित समाचार