जसपाका प्रदेश र राष्ट्रिय समिति पुनःगठन हुने

14k Shares

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले शनिबार प्रदेश र राष्ट्रिय समिति पुनःगठन गर्न लागेको छ।गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बूवान राष्ट्रिय समिति आज पुनःगठन गर्न लागिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।उनका अनुसार पार्टीले सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत संगठन गठन, पुनःगठन तथा रूपान्तरणको कार्यअन्तर्गत बाँकी रहेका प्रदेश र राष्ट्रिय समिति पुनःगठन हुन लागेको हो।

यसैगरी, पोखरामा हुन लागेको गण्डकी प्रदेश समिति पुनःगठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं गण्डकी प्रदेश समिति इञ्चार्ज शिवलाल थापामगर र पाँचथरको फिदिममा हुन लागेको लिम्बूवान राष्ट्रिय समिति पुनःगठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ प्रमुख अतिथि रहने केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख बस्नेतले बताए।

सम्बन्धित समाचार