16.7k
Shares
काठमाडौं- मकवानपुरमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार बिहान भूकम्पको धक्का मापन गरिएको हो।
बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ। यसको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो।
मकवानपुरसहित आसपासका जिल्लामा धक्का महसुस गरिएको हो। धक्काका कारण काठमाडौंमा समेत मानिस घर बाहिर निस्किएका थिए।