सिक्किमका अन्तिम राजकुमार तेन्जिङ नामग्यालको निधन

17.7k Shares

काठमाडौं ।भारतको सिक्किम राज्यका तत्कालीन चोग्याल वंशका अन्तिम राजकुमार ग्याल्से तेन्जिङ जिग्मी नामग्यालको मंगलबार मुम्बईमा निधन भएको छ।सिक्किम भारतले लिनुअघि त्यहाँ नामग्याल वंशको शासन थियो।

सिक्किमका अन्तिम राजा पाल्देन थोन्डुप  नामग्याल थिए।त्यही चोग्याल वंशका अन्तिम राजकुमार तेन्जिङको ६१ वर्षका उमेरमा मुम्बईमा निधन भएको सञ्चारमाध्यमहरुले जनाएका छन्।उनको शव शुक्रबार सिक्किम ल्याएर परम्परागत शैलीमा अन्तिम संस्कार गरिने पनि बताइएको छ।

 
सम्बन्धित समाचार