रुकुम-पश्चिममा जीप दुर्घटना हुँदा २२ घाइते

22k Shares

काठमाडौं । रुकुम-पश्चिमको चौरजहारी नगरपालिका-८, गोइरीमा साेमबार बिहान जीप दुर्घटना हुँदा कम्तीमा २२ जना घाइते भएका छन्।

खोलागाउँबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका हुन्।

घाइते २२ मध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। दुर्घटनाका घाइतेलाई उद्दारपछि चौरजहारी अस्पताल लगिएको छ।

दुर्घटनाग्रस्त जीप भेरी नदीको छेउमा खसेको बताइएको छ। दुर्घटनाकाे थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार