जनकपुरधाम । यतिबेला बजारमा केराको माग निकै बढेको छ । योसँगै छठ पर्वमा प्रमुख प्रसादका रूपमा प्रयोग हुने केराको मूल्य आकासिएको छ । विगतका वर्षहरूमा ३ सयदेखि सबैभन्दा बढी ८ सयसम्म पाइने केराको घरी अहिले बजारमा सो मूल्यमा भेट्न मुस्किल छ ।१ हजार भन्दा कमको घरी नै छैन बजारमा,’ अहिले एक घरी केराको मूल्य साधरणतया १८ सय रुपैयाँ सम्ममा बिक्री भइरहेको छ ।स्थानीय किसानहरूले पर्याप्त मात्रामा केराको खेती नगर्नु र छठ पर्वको बेला केराको अत्यधिक मात्रामा बढ्नु नै केराको मूल्य आकासिनुको मुख्य कारण हो । यता बाहिर बजारबाट केरा आयात भएर स्थानीय बजारमा नै खरिद बिक्री हुँदा मूल्य बढेको व्यापारीहरू बताउँछन् ।
केरा व्यापारी सन्तोष साहका अनुसार बाहिरबाट केरा ल्याउँदा विभिन्न खर्चहरू जोडिएर स्थानीय बजारमा केराको मूल्य बढेको हो ।बजारमा केराको माग बढेपछि स्थानीय किसानहरूले लगाएको केरा पनि बजारमा ल्याउने क्रम जारी छ । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै यस वर्ष चार करोडको केरा भारतबाट आयात गरिएको छ छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए ।