वरिष्ठ बाल साहित्यकार मानन्धरको निधन

17.6k Shares

काठमाडौँ । मंगलबार वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । हर्निया रोगबाट पीडित मानन्धरको उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो । 

उनी नेपाली बाल साहित्यका सर्जक, प्रवर्धक, प्रकाशक,अनुवादक, अन्वेषक, प्रचारक र प्रसारक समेत थिए ।  मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत अन्य थुप्रै सम्मानहरूबाट समेत सम्मानित भएका थिए ।

सम्बन्धित समाचार