वैदेशिक रोजगार ठगी मुद्दामा एनआरएनए मलेसियाका अध्यक्ष पक्राउ

18.5k Shares

काठमाडौँ । भक्तपुरको बालकोटबाट प्रहरीले  वैदेशिक रोजगार ठगी मुद्दामा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिकास्थित बालकोट बस्ने ३६ वर्षीय एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा रहेका छन् ।

उनलाई पक्राउ गरेर उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्र पठाएको थियो । तिहार बिदा सकिएपछि उनलाई विभागमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

सम्बन्धित समाचार