16.6k
Shares
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ स्थित घनचौराका ४० वर्षीय बुवाले छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
१६ वर्षीया छोरीले आफु बुवाबाट बलात्कारको शिकार भएको आरोप लगाएर ईलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा उजुर गरेकी छिन् । छोरीको उजुरीका आधारमा बुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत फागुन र चैतमा छोरीलाई ति पुरुषले घरमै बलात्कार गरेको आरोप लगाइएको छ ।