सेनाको हेलिकप्टरमार्फत भूकम्प पीडितहरूका लागि काठमाडौं महानगरपालिकाले पठायो राहत

16.1k Shares

काठमाडौँ । भूकम्प पीडितहरूका लागि काठमाडौं महानगरपालिकाले  राहत सामाग्री पठाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत महानगरले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितहरूका लागि राहत साम्रागी पठाएको हो ।  

भूकम्प पीडितहरूका लागि अत्यावश्यक पर्ने सामाग्रीहरू पठाइएको काठमाडौं महानगरपालिले जनाएको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ठूलो धनजनको क्षति पुगेको छ । खोज, उद्धार तथा राहतको कार्य जारी रहेको छ । सोही आधारमा काठमाडौं महानगरपालिकाले समेत राहत साम्रागी पठाएको हो ।

सम्बन्धित समाचार