सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ घाइते, चारजनामा ५० प्रतिशतसम्म जलन

17.2k Shares

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित सुन पसलमा आगलागी हुँदा २८ जना घाइते भएका छन् । जसमा प्रहरीसहित स्थानीय छन् । 

दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतवार राति आगलागी भएको मोरङका प्रहरी डीएसपी रञ्जन दाहालले बताए । 

घाइतेमध्ये १२ जनाको झापाको विर्तामोडस्थित केएमसी मेडिकल कलेज र बाँकीको विराट नर्सिङहोमलगायत मोरङका तीनवटा अस्पतालमा उपचार भइरहेको छ । 

“घाइते हुने चारजनाको शरीरमा ४५ देखि ५० प्रतिशत जलन छ । बाँकीमा २० देखि २५ प्रतिशत जलन भएको चिकित्कबाट जानकारी प्राप्त भएको छ,” डीएसपी दाहालले भने । 

सम्बन्धित समाचार