18.2k
Shares
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुले भूकम्प पीडितलाई सात दिन बराबरको तलब रकम सहयोग गर्ने भएका छन् । आयोगका पदाधिकारीहरूको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको हो ।
आयोगले गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट मृत्यूवरण गर्ने नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।