काठमाडौं । देशमा भूकम्पपीडितलाई सहयोग क कस्ले गर्दैछन् भन्ने चासो आम जनताको छ । जेलबाट छुटेका मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार १११ राहत कोषमा जम्मा गरिदिएका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै दिल खोलेर सहयोग गरे । तर, नेपालका अर्बपति भनिएका केही व्यापारी सहयोगमा भूमिका खेलिरहेका छैनन् । डलर अर्बपति बिनोद चौधरी त पुरै बेवास्ता गरिरहेका छन् । उनी चौधरी फाउण्डेशनले के के नै गरेजस्तो गफ हाँकेर पन्छिएका छन् ।
चौधरी पछिल्लो समय चीन र हङकङ ओहोरदोहोर बढाइरहेका छन् । उनको व्यवसायको ध्यान उतैतिर बढेको छ । विशेषगरी दूरसञ्चार क्षेत्रमा लगानीमा हुवावेको साथ खोजिरहेका छन् । हालैमान चीन पुगेर फर्किएका उनी यसै हप्ता हङकङ उडे । भारतमा उनको लगानी र करछली प्रकरण आयो । यसपछि उनको ध्यान चीनतिर गएको छ ।
यसैगरी? जाजरकोटमा गएको भूकम्प पीडितका लागि नेपाल सरकार, प्रतिष्ठित संघसंस्था, व्यक्तिहरु, मित्रराष्ट्रहरुले सहयोगको घोषणा गरिरहेका छन् । घटनाप्रति देशभित्र र बाहिरबाट दुःख व्यक्त गरिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पमा भएको जनधनको क्षतिले मर्माहत भएको बताएका छन् । उनले शनिबार ट्वीट गर्दै हरसम्भव सहयोगका लागि तयार भएको समेत बताए । भारतले नेपालस्थिति राजदूतावासबाट राहत सामाग्री उपलब्ध गराइसकेको छ । दुई चरणमा १८ टन सामाग्री आएको छ । चीनले भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्यांकेटसहित लगभग १० करोड नेपाली रुपैयाँ सामाग्रीहरु प्रदान गर्ने राजदूत चेन सोङले घोषणा गरेका छन् । यी सामाग्री सोमबारसम्म आइपुग्ने र थप सहायताहरु बाटोमा रहेको जनाइएको छ ।
नेकपा एमालेले १ करोड, नेपाली काँग्रेसले ५० लाख, बुद्ध एयरले १ करोड, राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख, अर्ना वियरले २५ लाख, एनसेलले ५० लाख, नेविसंघले ७ लाख ११ हजार, एनआरआनका बद्री केसीले १० लाख, एनआरएन जापानले १५ लाख, एनआरएनका ओम शर्माले २१ लाख सहयोगको घोषणा गरेका छन् । सरकारले जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद कोष प्रत्येकमा ५५ करोड रकम जम्मा गरिदिने निर्णय गरेको छ ।