काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री बहादुर सिंह लामाको असक्षमता कारण नेपाली कांग्रेस बागमती प्रदेश सांसदहरुले तिहार लगत्तै बिद्रोह गर्ने तयारी गरेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेता आर्थिक मामिला मन्त्री बहादुर सिं लामाले बागमती प्रदेश सरकारको नेतृत्व गर्ने क्रममा प्रभावकारी भुमिका निर्बाह गर्न नसकेको र माओवादी एजेन्डा अनुसार काम गर्दै कांग्रेस सांसदहरुको साख गिराउने कार्य गर्दै आईरहको कारण उनी निकट सांसदहरुले आराप लगाउनुका साथै असन्तुष्टि पोख्दै आइरहेका थिए ।
यति सम्मकी लामाको सिफारिसमा बनेका मन्त्री समेत उनीसँग असन्तुष्ट रहँदै आइरहेका छन् । दश महिना अगाडि लामाले संसदीय दल प्रमुख सचेतकमा नियुक्त गरेका सांसद कुन्दन काफ्लेले लामाको क्रियाकलाप र गतिविधिप्रति असन्तुष्ट प्रकट गर्दै राजिनामा दिई सकेको छन् ।
बागमती प्रदेशमा लामा सहित ६ जना नेपाली कांग्रेसबाट मन्त्री छन् । उनको सिफारिसमा मन्त्री बनेका समेत लामाप्रति सन्तुष्ट छैनन् । एक जना मन्त्रीले त बहादुर सिं लामा माओवादीको एजेन्डा अनुसार चल्ने र कार्य गर्दै हिड्ने गरेको, आफ्नो पार्टीका सांसहरुलाई मन्त्रालयबाट योजना पार्न नसकेको कारण आफ्नै पार्टीका सांसदहरुबाट लामा आलोचित बन्दै गएका छन् ।
लामाकै सिफारिसमा मन्त्री बनेका मन्त्रीले लामो समय राजनिती यात्रा गर्नुपर्ने भएकोले मन्त्री पदमा बसि रहनु उचित नदेखिएकोले तिहार लगत्तै राजिनामा दिने मनस्थिति बनाएको एक मन्त्रीले खोजतलासलाई बताए ।
बहादुर सिंलाई दलको नेता बनाउन प्रदेश कार्यालय हेटौंडामा ३ दिनसम्म अड्डा नै जमाएर बसेका शेर बहादुर देउवा पत्नी आरजु राणा, अर्थ मन्त्री प्रकाश शरण महत, स्वास्थ मन्त्री मोहन बहादुर बस्नेत र डिना उपाध्याय यतिखेर बहादुर सिं लामाको असक्षमता कारण उनिहरु समेत रुष्ट बनेका छन् । लामाले मन्त्री सिफारिस गर्ने क्रममा ठूलो रकम कुम्याएको कांग्रेसकै नेताहरुले आरोप लगाउदै आईरहनुका साथै कांग्रेसवृत्तमै यसको ठूलै चर्चा हुने गरेको छ ।