फिल्म टाइगर ३ को रोमान्टिक गीत रुआंको रिलिज

15.8k Shares

काठमाडौँ  । सलमान खानको  फिल्म टाइगर ३ को रुआंको लिरिकल भिडियो रिलिज गरिएको छ । केहि समयअघि फिल्मको ट्रेलर र पहिलो गीत रिलिज गरिएको थियो । 

सोमबार भने अरजित सिंहको आवाजमा अर्को गीत पनि जारी गरिएको छ । निर्माताहरुले फिल्मको गीत रुआंको लिरिकल भिडियो जारी गरेका हुन् । सलमानले आफ्नो इन्ष्टाग्राम ह्यान्डलमा यो गीत शेयर गरेका थिए । यो रोमान्टिक गीत हो । टाइगर ३ दिपावलीमा रिलिज हुँदै छ ।

यो गीतते फिल्मको महत्वपूर्ण कथानक खुलासा हुने हो कि भनेर निर्माता आदित्य चोपडाले रुआं गीतको रिलिज पछाडि धकेलेका थिए । 

सम्बन्धित समाचार