17.6k
Shares
काठमाडौँ । सोमबार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको अर्को भूकम्प गएको छ । अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोस्रो झड्का गएको हो ।
सोमबारै जिल्लाको रामिडाँडा भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि शुक्रबार सो ठाउँमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।