पोखरामा पुष्प प्रदर्शनी मेला सुरु

19.7k Shares

पोखरा । आजबाट पोखरामा पुष्प प्रदर्शनी मेला सुरु भएको छ ।   पोखराका मेयर धनराज आचार्यले मेलाको उद्घाटन गरेका छन्। फ्लोरिकल्चर एशोसियसन अफ् नेपाल (फ्यान) ले चौथो संस्करणको पुष्प मेला शुक्रवारदेखि सुरु गरेको हो । 

मेलामा विभिन्न प्रजातिको फूलका लागि २० वटा व्यावसायिक स्टल राखिएका छन् भने २ वटा कृषि सामग्रीको स्टल छ । पोखरसहित प्रदेशका व्यावसायिक किसानले उत्पादन गरेका फूल प्रदर्शनी र विक्रीका लागि राखिएको छ । मेला सोमबारसम्म चल्नेछ ।

सम्बन्धित समाचार