20.2k
Shares
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य घटेर कारोबारमा आएको छ । यससँगै, सुनको मूल्य आज लगातार तेस्रो दिन घटेको महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ कायम छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो । हिजो मंगलबार सुनको मूल्य तोलामा ५०० र सोमबार तोलामा ५०० रुपैयाँले नै मूल्य घटेको थियो ।