निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

18.4k Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकोे मूल्य घटाएको छ । मंगलबार राती १ बजेदेखि लागू हुने गरि डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको छ । त्यस्तै, काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर भएको छ । 

सम्बन्धित समाचार