पीडितपक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन महासचिव गुटेरेसको आग्रह

17.5k Shares

काठमाडौं, १४ कात्तिक । नेपाल भ्रमणमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन नेपालसँग आग्रह गरेका छन् । 


मंगलबार संघीय संसदको संयुक्त दुवै सदनको बैठकलाई सम्बोधन गर्दै उनले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन आग्रह गरेका हुन् ।

 

नेपालको शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्रसङ्घका तर्फबाट सम्मान व्यक्त गर्दै उनले नेपाल शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी रहेको र सङ्क्रमणकालीन न्यायको माध्यमबाट शान्ति प्रक्रिया टुंग्याउन लागेको बताए । 
 

सम्बन्धित समाचार