चितुवाको छाला जस्तो देखिने अखेटोपहारसहित तीन जना पक्राउ

21k Shares

काठमाडौं ।   काठमाडौं महानगरपालिका-१६ नयाँबजारबाट बयस्क चितुवाको छालाजस्तो देखिने अखेटोपहार २ थानसहित नुवाकोट ककनी गाउँपालिका-३ घर भएका ७४ वर्षीय कृष्ण प्रसाद ढुङ्गाना समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

 उक्त स्थानमा संरक्षित वन्यजन्तु अखेटोपहारको अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई उक्त अखेटोपहारसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार