मुगुमा एकै परिवारका ४ जनाको हत्या

14.8k Shares

काठमाडौं, १० कात्तिक । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय, मुगुको अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ ।

प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृत्यु हुने अन्यमा श्रीदेवीकी ११ वर्षीया छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर छन् ।

श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर रहेको पाइएको छ । 

सम्बन्धित समाचार